
यो पुस्तिका, हाम्रो विशेष अनुरोधमा, स्पेनका नागरिक Xavier Codina Joseph ले लामो समय खर्चिएर, अतिगहन अध्ययन गरि तयार परिएको हो । यो प्राविधिक र विभिन्न पक्षसंग सम्बन्धित भएकोले उहाँको व्यक्तिगत पहलमा विभिन्न विज्ञहरू र निर्माण सम्बन्धि संस्थाहरूसंग परामर्ष पनि लिएर तयार परिएको पुस्तिका हो । यो पुस्तिकाको मुल उद्देश्य ढुङ्गा, माटो र काठ प्रयोग गरि स्थानिय वास्तुकलामा आधारित रही कसरी भुकम्प निरोधक अथवा बलियो घर निर्माण गर्न सकिन्छ भन्ने तर्फ केन्द्रित रही निर्माणमा देखिएका कमि–कमजोरीहरू आंैलाएको छ र यसलाई कसरी स्तरिय र बलियो बनाउन सकिन्छ भन्ने उपायहरू सुजाएको छ । यो पुस्तिका एउटा व्यक्तिले अर्कालाई अथवा एउटा समुदायले अर्का समुदायलाई निस्वार्थ रूपमा गरिएको सहयोग हो तसर्थ यो पुस्तिका कसैले बिक्रि वितरण अथवा यसको कुनैपनि पक्षलाई नाफामुखी रूपमा प्रयोग गर्न निषेध छ ।
घर एउटा शोभाको लागि बनाउने नभएर आफु र आफ्नो मान्छे सुरक्षित बस्नको लागि बनाउने हो तसर्थ घर बनाउनु भन्दा अगाडी घर धनी स्वयमले यो पुस्तिकाले सुजाएको कुराहरूलाई मनन् गर्नु पर्छ । र निर्माण थाल्नु भन्दा अगाडी डकर्मी, सिकर्मी र निर्माण कार्यमा सम्लग्न अन्य व्यक्तिसंग विभिन्न चरणमा छलफल गरि निर्माण विधिमा सहमत हुनुपर्छ र एउटा सुरक्षित घर निर्माण गर्नुपर्छ । यदि घरको कुनै भागमात्र भत्किएको छ र त्यो भागमात्र निर्माण गर्ने भएपनि माथिको विधि अपनाउनु पर्छ ।
यदि यो पुस्तिका कुनै व्यक्ति, जिल्ला, गा.वि.स., वडा वा समुह लगायतलाई चाहिएमा निम्न ठेगानामा सम्पर्क गरि निःशुल्क प्राप्त गर्नु होला।
सबै नेपालीलाई एक सुरक्षित र आरमदायी घरको कामना सहित
ङिमा देण्डी शेर्पा अध्यक्ष पिके हिल सोसियल अर्गानाइजेशन गोली–८, सोलुखुम्बु www.peekyhill.org phisonepal@gmail.com |
बिशेष धन्यवाद श्री Xavier Codina Joseph, श्रीमती Arola Balanzo Moral र सबै शाहयोग कर्ताज्युहरुलाई |
Can Download the Manual from the link given below:
www.peekyhill.org/uploads/news/Manual Book_Nepali.pdf
www.peekyhill.org/uploads/news/Manual Book Nepali-2.pdf